नेप्सेमा गिरावट कायमै: परिसूचक २३ सय ८५ बिन्दुमा झर्यो, कारोबार रकम डेढ अर्बमा सिमित

काठमाडौँ- निरन्तर ओरालो लागेको नेप्से परिसूचक साताको तेस्रो दिन मंगलबार पनि ३४.७८ अंकले घटेको  छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर बजार १.४४ प्रतिशतले घटेर  २३८५.०२  विन्दुमा पुगेर बन्द भएको हो । सेन्सेटिभ इन्डेक्स ५.५२  अंकले घटेर ४४९.३६ विन्दुमा पुगेको छ।

कारोबारको आधारमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मुल्यमा सकारात्मक सर्किट  लागेको छ । उक्त वित्तीय संस्थाको  शेयर १० प्रतिशतले बढेर २०५७ रुपयाँमा कारोबार भएको थियो । इमर्जिंङ्ग नेपाल लिमिटेको शेयर सबै भन्दा बढी ५.५९ प्रतिशतले घटेर ९३५ रुपयाँमा कारोबार  भएको थियो ।

आज १ अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१८ रुपैयाँ बराबरको कारोबार भएको छ । सर्वाधिक रकमको शेयर कारोबार हिमालयन   डिष्टिलरी लिमिटेडको भएको छ । उक्त कम्पनीको रू ५ करोड ७५ लाख माथिको शेयर कारोबार भएको छ ।

आज होटेल र पर्यटन समुहको परिसुचन ०.१ प्रतिशतले बढेको छ भने बाँकि सबै परिसूचक घटेका छन्।

 

तपाईको प्रतिक्रिया