शैक्षिक योग्यता नपुगेका महाप्रसाद अधिकारी कसरी बनेका थिए राष्ट्र बैंकको गर्भनर ?

यतिबेला राष्ट्र बैंकका निलम्वित गर्भनर महाप्रसाद अधिकारीको विषयले बजार तातेको छ । कतिपयले निलम्बनलाई उनको व्यवहार अनुसार सरकारले जायज काम गरेको भनेका छन् भने कतिपयले स्वायत्त निकायको अधिकारी माथि सरकारले हस्तक्षेप गरेको भनि बुझेका छन् । राष्ट्र बैंक ऐन अनुसार सरकारले उनी माथि छानविन गर्न पाउँछ र छानविनका लागि समिति गठन भएलगत्तै उनी निलम्बनमा पर्छन् । अधिकारी निलम्बनको चर्चा चल्दै गर्दा उनी कानून अनुसार शैक्षिक योग्यता पुगेका व्यक्ति हुन या होइनन् यसको पनि चर्चा हुन जरूरी छ । राष्ट्र बैंक ऐन २०५८ को दफा २० ग अनुसार राष्ट्र बैंकको गर्भनर हुन आर्थिक, मौद्रिक, बैंकिङ, वित्तिय, बाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र गणित वा कानून विषयमा कम्तीमा स्नातकोत्तर हु्नुपर्ने व्यवस्था छ । तर चाटर एकाउन्टको ट्रेनिङ कोर्स गरेका अधिकारीलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गर्भनरमा नियुक्त गरेको थियो । उनलाई गर्भनरमा नियुक्त गर्ने समितिमा तत्कालीन अर्थमन्त्री युवराज खतिवडा, पूर्वसचिव कृष्णहरि बाँस्कोटा लगायतका व्यक्ति थिए । सीए ट्रेनिङलाई स्नातकोत्तर उपाधि सरह मानि उनलाई गर्भनर पदमा नियुक्त गरिएको थियो । जुन कानून अनुसारको योग्यता होइन । उनको शैक्षिक योग्यताको विषयमा सूचना माग हुँदा उनले दिन अस्वीकार गर्दै आएका छन् । उनको शैक्षिक योग्यता बारे माग गरिको सूचना अहिले पाटन उच्च अदालतमा विचाराधीन अवस्थामा छ ।

तपाईको प्रतिक्रिया