उपकार लघुवित्तको आईपीओ आजदेखि खुल्यो, कति कित्ता दिने आवेदन!

काठमाडौँ- उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुल्ला भएको छ।

सर्वसाधारणले चैत्र  २५ गते देखि २९ गते सम्म आवेदन दिन सकिने भएका छन्। यो अवधिमा पूर्ण आवेदन नपरेमा ढिलोमा २०७९ बैसाख ९ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले २ लाख २६ हजार २५० कित्ता साधारण शेयर निष्काशन गरेको हो। निष्काशन गरिएको कुल शेयरमध्ये ०.५ प्रतिशत अर्थात ३ हजार ७२८१ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ११ हजार ८००  कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्टाएर बाँकी २ लाख २१ हजार १५६ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले साधारण शेयरको लागि प्रति शेयर १०० रुपयाँका  दरले  न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता प्रभु क्यापिटल रहेको छ।

कति कित्ता आवेदन दिदाँ ठिक?

धितोपत्र निस्काशन तथा बाडँफाँड निर्देशिका अनुसार सबैलाई सुरुमा दश-दश कित्ता दिनुपर्छ । तर यस संस्थाले सर्वसाधारणलाई जम्मा २ लाख २१ हजार १५६ कित्ता शेयर निष्काशन गरेको छ । निष्काशन कित्ता भन्दा आईपीओमा धेरै गुणा आवेदन माग हुने गरेको देखिंदा यस कम्पनिको आईपीओमा दश कित्ता मात्र आवेदन दिँदा ठीक हुन्छ।

 

तपाईको प्रतिक्रिया