प्रेस काउन्सिलले सोध्यो पत्रकार ऋषि धमलालाई २४ घन्टे स्पष्टीकरण

काठमाडौँ- पत्रकार ऋषि धमलालाई नेपाल प्रेस काउन्सिलले २४ घन्टे स्पष्टीकरण सोधेको छ ।

गत चैत २० गते  प्रधानमन्त्री देउवा भारत भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानभित्रबाट  अनुमति बेगर जबर्जस्ति रुपमा निषेध गरेको क्षेत्रमा प्रवेश गरी भिज्युअल रेकर्ड गरी सम्प्रेषण गरेको प्रति स्वअनुगमनबाट पाइएपछी स्पष्टीकरण सोधिएको काउन्सिलले जनाएको छ ।

पत्रकार ऋषि धमलालाई सोधिएको पत्रमा भनिएको छ, ‘सुरक्षा संवेदनशीलतालाई नजरअन्दाज गरी वायुसेवाका सम्बद्ध कर्मचारीले प्रसारण गर्न नमिल्ने भन्दाभन्दै पत्रकार तथा सञ्चारमाध्यमले बलजफ्तीरूपमा निषेध गरिएको क्षेत्रमा प्रवेश गरेको दृष्यसहितको प्रत्यक्ष प्रसारण के कति कारणले गर्नुपरेको हो ? त्यहाँबाट पटक-पटक यस्तो गैरपेशागत क्रियाकलाप किन हुन पुगेको हो ?’ पत्रकारिता क्षेत्रको मर्यादा/विश्वसनीयतामा समेत नकारात्मक प्रभाव पर्ने कार्य के कसरी हुन गएको हो? २४ घन्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशानुसार सूचित गरिन्छ।’

तपाईको प्रतिक्रिया