काठमाडौँ- विवाहको प्रलोभन देखाई ४२ लाख भन्दा बढी रकम ठगि गर्ने एक पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछाप जिल्ला साँघुटार नगरपालिका वडा नं ३ स्थायी घर भई हाल काठमाण्डौ धापासी बस्ने नबिन भन्ने लोक बहादुर श्रेष्ठ रहेका छन् ।
श्रेष्ठले ठगी गर्ने योजनामा बिबाह गर्ने प्रलोभन देखाई बिश्वासमा पारी आफू बिरामी परेको भनी कहिले अस्पतालमा उपचार गर्न त कहिले झारफुक गर्नका लागि भन्दै रकम माग गरेको भन्दै पिडितले उजुरी गरेका थिए ।
धारमा श्रेष्ठलाई आइतबार पक्राउ गरी ठगी कसुर अन्तर्गत थप अनुसन्धानका लागि महानगरी प्रहरी परिसर, काठमाण्डौ पठाईएको महानगरिय अपराध महाशाखाले जनाएको छ ।





