काठमाडौँ- मंगलबार नेप्से परिसुचक १४.२६ अंकले घटेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर बजार ०.५६ प्रतिशतले घटेर २५२७.५८ विन्दुमा पुगेर बन्द भएको हो । सेन्सेटिभ इन्डेक्स २.१५ अंकले घटेर ४७१.९३ विन्दुमा पुगेको छ।
कारोबारको आधारमा इमर्जिंङ्ग नेपाल लिमिटेड, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड र राष्ट्र उत्थान लघुवित्त संस्था लिमिटेडको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज १ अर्ब ७५ करोड ६ लाख २८ हजार १९९ रुपैयाँ बराबरको कारोबार भएको छ । सर्वाधिक रकमको शेयर कारोबार शिवम् सिमेन्ट लिमिटेडको भएको छ । उक्त कम्पनीको रू ७ करोड ९१ लाख माथिको शेयर कारोबार भएको छ ।
आज सबै परिसूचक घटेका छन् । जीवन बिमा समुहको परिसूचक सवैभन्दा बढी १.५२ प्रतिशतले घटेको छ। होटेल र पर्यटन समूहको परिसूचक ०.८३ प्रतिशतले बढेको छ।