भोलि बिहान ६ बजेसम्म मात्र सेवा बन्द: यातायात ब्यबस्था विभाग

काठमाडौँ-  यातायात व्यवस्था विभागले सूचना सच्चाउदै आज बुधबार साँझ ५ बजे देखि भोलि बिहान ६ बजेसम्म  मात्र  यातायात कार्यालयहरूबाट दिने सबै सेवा बन्द रहने जानकारी दिएको छ ।

विभागले पुन: सूचना जारी गर्दै विद्युत् आपूर्ति प्रणाली यूपीएस परिवर्तन गर्नुपर्ने भएकाले बुधबार अपरान्ह ५ बजेदेखि बिहीबार विहान ६ बजेसम्मका लागि विभागको सर्भर बन्द रहने बताएको छ ।

विभागले पहिलो पटक जारी सुचनामा सर्भरहरुमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान नभएसम्मका लागि बुधबार अपरान्ह ५ बजेदेखि सबै यातायात कार्यालयहरुबाट प्रदान गर्ने सबै सेवाहरु अवरुद्द हुने उल्लेख गरेको थियो ।

 

 

तपाईको प्रतिक्रिया