जनप्रतिनिधिले मनोनयनअघि राजिनामा दिनुपर्ने आचारसंहिता तत्काल कार्यान्वन नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ- सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले मनोनयनअघि राजिनामा दिनुपर्ने आचारसंहिता तत्काल कार्यान्वन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

निर्वाचन आचारसंहिता २०७८ को दफा ३६ अनुसार स्थानीय तहका पदाधिकारीलाई उम्मेदवार मनोनयन दर्ता गर्नु अगावै  पहिले बहाल रहेको पदबाट राजीनामा गर्नुपर्ने भनी निर्वाचन आयोगले जारी गरेको आचारसंहिता तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ ।

सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा  ग्याल्जेन शेर्पाले निर्वाचन आयोग बिरुद्द दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले सो व्यवस्था १३ चैतसम्म कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

तपाईको प्रतिक्रिया