ग्रीन भेन्चर्सको आईपीओ आजदेखि खुल्यो, यसरी दिन सकिन्छ आवेदन!

काठमाडौँ- ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुल्ला भएको छ।

सर्वसाधारणले चैत्र  ८ गते देखि ११ गते सम्म आवेदन दिन सकिने भएका छन्। यो अवधिमा पूर्ण आवेदन नपरेमा ढिलोमा चैत्र २२ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। निष्काशन गरिएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्टाएर बाँकी २८ लाख ७५ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले साधारण शेयरको लागि प्रति शेयर १०० रुपयाँका  दरले  न्यूनतम १० कित्तादेखि ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

 

यसरी दिन सकिन्छ आवेदन!

आईपीओमा आवेदन दिनका लागि मेरो सेयरका लागि युजरनेम र पासवर्ड लिएको खण्डमा मेरो शेयरको मोबाइल एप र वेवसाइट www.meroshare.cdsc.com.np बाट आफैले भर्न सकिने छ ।यदि मेरो सेयरका लागि युजरनेम र पासवर्ड नलिएको खण्डमा सी-अस्बा भएको आफ्नो बैंक खाताको जुनसुकै शाखाबाट आवेदन दिन सकिन्छ।

तपाईको प्रतिक्रिया