मन्त्रिपरिषद हेरफेरको कुरा औपचारिक ढंगले टुंगिएको छैन: प्रचण्ड

काठमाडौँ-  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्रिपरिषद हेरफेरको कुरा औपचारिक ढंगले नटुंगिएको बताएका छन् ।

मंगलबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको छ, तर अहिलेसम्म औपचारिक रुपमा टुंगिएको छैन ।’ ‘केही मन्त्रालय हेरफेर हुने सम्भावना छ, केही नयाँ आउने सम्भावना छ ।’

उनले प्रधानमन्त्री बनाउने देखि लिएर सबै सहयोग गर्ने जति सबै काम माओवादी केन्द्रको हुने गरेको बताएका छन् । उनले भने ‘प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको महाधिवेशन सम्म हामीलाई सहयोग गर्नुस् भनेर असाध्यै जोड गर्नु भएको र  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि मैले भर्खर नयाँ पार्टी बनाएका कारण सहयोग गरेको दावी गरेका छन् ।  ‘यदि मन्त्री मण्डलमा हेरफेर हुने स्थिति आयो भने हामीलाई हाम्रो हैसियत अनुसार मन्त्रालय चाहिन्छ ।’ उनले भने

तपाईको प्रतिक्रिया