काठमाडौँ- ९० लाखको चिठ्ठा परेको भन्दै अनलाईन मार्फत २९ लाख ४० हजार रुपयाँ ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् ।
काभ्रेपलाञ्चोक जिल्ला मन्डनदेउपुर गाँउपालिका वडा नं. ४ घर भई हाल भक्तपुर ठिमि बस्ने ३८ वर्षीय सन्दिप गौतमलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।
सामाजिक संजाल फेसबुक वाट्सएपका माध्ययमबाट ९० लाखको चिट्ठा परेको प्रलोभनमा पार्दै सुनको सिक्री, २ लाख पाउण्ड भएको सुटकेश समेतको पार्सल पठाएको छु भन्दै प्रताप राना सिंह नाम बताउने ब्यक्तिले वाट्सएप मार्फत फोन गरी पार्सल र चिठ्ठा परेको रकम पाउनको लागी कर रकम तिर्नुपर्छ भनी भ्रम पुर्ण बिश्वासमा पारी बिभिन्न ब्यक्तिहरुको नाममा रहेको बैंक खाता नम्बर र आईएमई को माध्यमबाट रु. २९ लाख ४० हजार रकम जम्मा गर्न लगाई ठगी गरेको प्रहरीले जनाएको छ ।
वाट्सएप नम्बर +४४७४३३८१३८०० र डा. जोहन लरेंस नामको फेसबुकबाट चिट्ठा परेको बताएका थिए ।
गौतमलाई पक्राउ गरी ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको महानगरीय अपराध महाशाखाले जनाएको छ।





