थप ६५ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ५ हजार भन्दा कम

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ६५ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ६ हजार ३०६ पीसीआर परिक्षणबाट ५९ र १ हजार ६४१ एन्टीजेन विधिबाट ६ गरी कुल ६५ जनामा संक्रमण पुष्टी भएको छ।

२४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

आज १९१ जना निको भएर घर फर्केका छन्।

नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ९१७ रहेको छ ।

तपाईको प्रतिक्रिया