काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ सय ७५ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ५ हजार ४५२ पीसीआर परिक्षणबाट १५८ र ३ हजार १७६ एन्टीजेन विधिबाट ११७ गरी कुल २७५ जनामा संक्रमण पुष्टी भएको छ।
कोरोना संक्रमणका कारण थप १ जनाको मुत्यु भएको मन्त्रालयले जनाएको छ।
आज ५ सय ५५ जना निको भएर घर फर्केका छन्।
नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १० हजार भन्दा तल झरेको छ। मन्त्रालयका अनुसार हाल देशभर ९ हजार २८० संक्रिय संक्रमित छन्।





