नेष्डो समृद्ध लघुवित्तको आईपीओमा भोलिदेखि आवेदन दिन सकिने

काठमाडौँ- नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आईपीओ) मा भोलि फागुन ११ गतेबाट आवेदन दिन सकिने छ ।

सर्वसाधारणले फागुन ११ गते देखि ११ गते सम्म आवेदन दिन सकिने भएका छन्। यो अवधिमा पूर्ण आवेदन नपरेमा ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ।

लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन  गर्न लागेको हो । जसमध्ये ०.५० प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लागनी कोषहरुलाई छुट्टाएर बाँकी ७ लाख ७४ हजार ५६३ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।  

लगानीकर्ताले साधारण शेयरको लागि प्रति शेयर १०० रुपयाँका  दरले  न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड  रहेको छ।

 

तपाईको प्रतिक्रिया