इमर्जिङ नेपालको आईपीओ बाँडफाँड, यसरी हेनुहोस् रिजल्ट!

काठमाडौँ-  इमर्जिङ्ग नेपाल लिमिटेडको साधारण शेयर (आईपीओ) आज बुधबार बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारणलाई माघ २६ गतेदेखि फागुन १ गतेसम्म आवेदन दिन आब्हान गरेको थियो।

कम्पनीले ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई छुट्टाएर बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने बताएको थियो।

कम्पनीको आईपीओमा कुल २३ लाख ३१ हजार २५८ जनाको आवेदन परेको थियो । जसमध्येमध्ये २ हजार ५५२ जनाको आवेदन रद्ध भएका छन् । सदर आवेदकमध्ये गोलाप्रथाबाट ५१ हजार ६७० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। यिनै आवेदकबाट २० कित्ताभन्दा बढीले आवेदन दिएकाहरुमध्ये ८ जनाले थप एक–एक कित्ता सेयर पाएका छन्।

यसरी हेनुहोस् रिजल्ट:

आइपिओको नतिजा अहिले वेबसाइटमा अपलोड भईसकेको छ । आफ्नो BOID नम्बर राखेर निम्न वेबसाइटबाट हेर्न सकिनेछ ।

https://iporesult.cdsc.com.np/ :मेरो शेयर

 https://www.nicasiacapital.com एनआईसी एसिया क्यापिटल

तपाईको प्रतिक्रिया