२४ घण्टामा १ हजार १२८ जनामा संक्रमण पुष्टि, १४ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर १ हजार १२८ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४४७ पीसीआर परिक्षणबाट ६६६ र ३ हजार ५४२ एन्टीजेन विधिबाट ४६२ गरी कुल १ हजार १२८ जनामा संक्रमण पुष्टी भएको छ।

कोरोना संक्रमणका कारण थप १४ जनाको मुत्यु भएको मन्त्रालयले जनाएको छ।

आज २ हजार २१५ जना निको भएर घर फर्केका छन्।

नेपालमा सक्रिय संक्रमितको संख्या २७ हजार ४४१ रहेको छ ।

तपाईको प्रतिक्रिया