इमर्जिङ नेपालको आईपीओ आजबाट खुल्यो, कहिलेसम्म दिने आवेदन!

काठमाडौँ- इमर्जिङ्ग नेपाल लिमिटेडको साधारण शेयर (आईपीओ) आजबाट खुल्ला भएको छ ।

सर्वसाधारणले माघ २६ गतेदेखि फागुन १ गतेसम्म आवेदन दिन सकिने भएका छन्। यो अवधिमा पूर्ण आवेदन नपरेमा ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई छुट्टाएर बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन्।

लगानीकर्ताले साधारण शेयरको लागि प्रति शेयर १०० रुपयाँका  दरले  न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल  क्यापिटल लिमिटेड रहेको छ।

तपाईको प्रतिक्रिया