स्नातकोत्तर तह प्रथम वर्षको परीक्षा आवेदन फारम खुल्ला

काठमाडौँ-  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले स्नातकोत्तर तह प्रथम वर्षको परीक्षा आवेदन फारम खुल्ला गरेको छ ।

कार्यालयले बुधबार सूचना जारी गर्दै बार्षिक प्रणाली अनुसार स्नातकोत्तर तह प्रथम बर्ष  २०७७ को  मानविकी, शिक्षा शास्त्र र ब्यबस्थापन (MPA/MBS) संकायका परीक्षार्थीहरूले आ—आफ्नो क्याम्पस\कलेजमा र प्राईभेट आंशिक परीक्षार्थीले सोझै यस कार्यालय र विभिन्न क्षेत्रकाले आफुलाई पायक पर्ने क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालयमा  मिति २०७८ साल  माघ २५ गते देखि फाल्गुन २४ गते  सम्ममा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र परीक्षा आवेदन फारम भरी बुझाउन जनाएको छ ।

तपाईको प्रतिक्रिया