फाल्गुन ४ गते देखि राष्ट्र उत्थान लघुवित्तको आईपीओ आउँदै, कति कित्ता दिने आवेदन!

काठमाडौँ- राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आईपीओ) मा सर्वसाधारणले फागुन ४ गतेदेखि ८ गते सम्म आवेदन दिन सकिने भएका छन्। यो अवधिमा पूर्ण आवेदन नपरेमा ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ।

लघुवित्तले ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये १३ हजार कित्ता कर्मचारीको लागि, ४२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन्।

लगानीकर्ताले साधारण शेयरको लागि प्रति शेयर १०० रुपयाँका  दरले  न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

कति कित्ता दिने आवेदन

धितोपत्र निस्काशन तथा बाडँफाँड निर्देशिका अनुसार सबैलाई सुरुमा दश-दश कित्ता दिनुपर्छ । तर यस कम्पनीले सर्वसाधारणलाई जम्मा ७ लाख ९४ हजार ५०० कित्ता शेयर निष्काशन गरेको छ । निष्काशन कित्ता भन्दा आईपीओमा धेरै गुणा आवेदन माग हुने गरेको देखिंदा यस कम्पनिको आईपीओमा दश कित्ता मात्र आवेदन दिँदा ठीक हुन्छ।

यसरी दिन सकिन्छ आवेदन!

आईपीओमा आवेदन दिनका लागि मेरो सेयरका लागि युजरनेम र पासवर्ड लिएको खण्डमा मेरो शेयरको मोबाइल एप र वेवसाइट www.meroshare.cdsc.com.np बाट आफैले भर्न सकिने छ ।यदि मेरो सेयरका लागि युजरनेम र पासवर्ड नलिएको खण्डमा सी-अस्बा भएको आफ्नो बैंक खाताको जुनसुकै शाखाबाट आवेदन दिन सकिन्छ।

तपाईको प्रतिक्रिया