शुक्रबार २ हजार ५२६ जनामा संक्रमण पुष्टि, १६ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ हजार ५२६ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ६ हजार ६२५ पीसीआर परिक्षणबाट १ हजार ६०२ र ४  हजार ४१८ एन्टीजेन विधिबाट  ९२४ गरी कुल २ हजार ५२६ जनामा संक्रमण पुष्टी भएको छ।

कोरोना संक्रमणका कारण थप १६ जनाको मुत्यु भएको मन्त्रालयले जनाएको छ।

आज ८ हजार ४२५ जना निको भएर घर फर्केका छन्।

नेपालमा सक्रिय संक्रमितको संख्या ५६  हजार ४५७ रहेको छ ।

तपाईको प्रतिक्रिया