काठमाडौँ- साताको अन्तिम दिन बिहिबार नेप्से ३.२९ अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर बजार ०.१२ प्रतिशतले बढेर २७७९.९३ विन्दुमा पुगेर बन्द भएको हो । सेन्सेटिभ इन्डेक्स ०.३८ अंकले बढेर ५१८.७२ विन्दुमा पुगेको छ।
आज ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८० रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
बजार बन्द हुने समयमा २ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ। जसमा वेन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र बुद्द भुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेड रहेका छन् ।
आज धेरै गुमाउनेमा सप्तकोशी विकास बैंक लिमिटेडको रहेको छ । जसको शेयर मुल्य ४.१४ प्रतिशतले घटेर अन्तिम मूल्य रू ३४५ कायम भएको हो ।





