काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८ हजार ४५४ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १३ हजार ५४९ पीसीआर परिक्षणबाट ५ हजार ५७१ र ६ हजार ८१० एन्टीजेन विधिबाट २ हजार ८८३ गरी कुल ८ हजार ४५४ जनामा संक्रमण पुष्टी भएको छ।
कोरोना संक्रमणका कारण थप ५ जनाको मुत्यु भएको मन्त्रालयले जनाएको छ।
आज ४ हजार ४३३ जना निको भएर घर फर्केका छन्।
नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ६७ रहेको छ ।





