२४ घण्टामा १२ हजार ८ जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर १२ हजार ८ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १८ हजार १०३ पीसीआर परिक्षणबाट ९ हजार ४३२ र ७ हजार ८०६ एन्टीजेन विधिबाट २ हजार ५७६ गरी कुल १२ हजार ८ जनामा संक्रमण पुष्टी भएको छ।

कोरोना संक्रमणका कारण थप ८ जनाको मुत्यु भएको मन्त्रालयले जनाएको छ।

आज ३ हजार ४ जना निको भएर घर फर्केका छन्।

नेपालमा सक्रिय संक्रमितको संख्या ८८  हजार ९३४ रहेको छ ।

तपाईको प्रतिक्रिया