काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर १२ हजार ३ सय ३८ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २१ हजार ७ पीसीआर परिक्षणबाट १० हजार ५२ र ६ हजार ४९० एन्टीजेन विधिबाट २ हजार २८६ गरी कुल १२ हजार ३३८ जनामा संक्रमण पुष्टी भएको छ।
कोरोना संक्रमणका कारण थप ४ जनाको मुत्यु भएको मन्त्रालयले जनाएको छ।
आज ६ सय ४९ जना निको भएर घर फर्केका छन्।
नेपालमा सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ रहेको छ ।