त्रि.वि.का सबै परीक्षा स्थगित

काठमाडौँ- त्रिभुवन विश्‍वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको छ ।

बिहिबार जारी सूचनामा भनिएको छ ‘ विश्व्यापी रुपमा फैलिएको ओमिक्रोम भेरियन्टको तीव्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापकसमेत संक्रमित भएका कारणत्रि.वि केन्द्रीय परीक्षा संचालक समितिको बैठकको निर्णय अनुसार त्रि.वि. द्वारा संचालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु मिति यहि माघ ९ गते देखि अर्को सचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’

तपाईको प्रतिक्रिया