११ हजार ३५२ जना संक्रमित थपिए, ४ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ११ हजार ३ सय ५२ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १८ हजार ७५ पीसीआर परिक्षणबाट ९ हजार ५०२ र ५ हजार ३३१ एन्टीजेन विधिबाट १ हजार ८५० गरी कुल ११ हजार ३५२ जनामा संक्रमण पुष्टी भएको छ।

कोरोना संक्रमणका कारण थप ४ जनाको मुत्यु भएको मन्त्रालयले जनाएको छ।

आज ६ सय १३ जना निको भएर घर फर्केका छन्।

 

तपाईको प्रतिक्रिया