मंगलबार १० हजार २५८ जनामा संक्रमण पुष्टि, १ को मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर १० हजार २ सय ५८ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ८७२ पीसीआर परिक्षणबाट ८ हजार ७३० र ४ हजार ९५६ एन्टीजेन विधिबाट १ हजार ५२८ गरी कुल १० हजार २५८ जनामा संक्रमण पुष्टी भएको छ।

कोरोना संक्रमणका कारण थप १ जनाको मुत्यु भएको मन्त्रालयले जनाएको छ।

आज ५ सय ६२ जना निको भएर घर फर्केका छन्।

२४ घण्टामा थप २ लाख १३ हजार १४८ जनाले कोरोना भाईरस बिरुद्द खोप लगाएका मन्त्रालयले जनाएको छ।

नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ रहेको छ।

तपाईको प्रतिक्रिया