३ बर्षे स्नातक तेस्रो बर्षको परीक्षा तालिका सार्वजनिक, छुट फारम माघ १० गतेसम्म भर्न सकिने

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ३ वर्षे स्नातक तेस्रो वर्षको मानविकी तथा शिक्षा संकायको परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय सोमबार सूचना जारी गर्दै स्नातक तह तेस्रो वर्षको परीक्षा दिने शिक्षा शास्त्र संकाय तर्फका आंशिक र मानविकी संकाय तर्फका नियमित, आंशिक तथा प्राइभेट परीक्षाको तालिका सार्वजनिक भएको हो ।

कार्यालयले ‘यस कार्यक्रमानुसार ३ वर्षे स्नातक तह तेस्रो वर्षको परीक्षा दिनुपर्ने केही विद्यार्थीहरूको परीक्षा आवेदन फारम भर्न छुटेको भन्ने वुझिन आएकोले त्यस्ता क्याम्पसका परीक्षार्थीहरूलाई यो सूचना प्रकाशित भएको मिति देखि नै दोव्वर दस्तुर सहित २०७८ माघ १० गते सम्ममा परीक्षा आवेदन फारम भराई क्याम्पसहरुले २०७८ माघ ११ र १२ गते भित्र आवश्यक प्रक्रिया पु¥याई परीक्षा आवेदन फारम सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा वुझाइसक्न जानकारी दिएको छ ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट जारी सूचना हेर्नुहोस्!

तपाईको प्रतिक्रिया