एकै दिन ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि, ३ को मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ५ हजार ८७ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १३ हजार ४७४ पीसीआर परिक्षणबाट ४ हजार २०४ र ७ हजार ८६ एन्टीजेन विधिबाट ८८३ गरी कुल ५ हजार ८७ जनामा संक्रमण पुष्टी भएको छ।

कोरोना संक्रमणका कारण थप ३ जनाको मुत्यु भएको मन्त्रालयले जनाएको छ।

आज ३०६ जना निको भएर घर फर्केका छन्।

२४ घण्टामा थप ३ लाख २० हजार २६७ जनाले कोरोना भाईरस बिरुद्द खोप लगाएका मन्त्रालयले जनाएको छ।

नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार २३५ रहेको छ।

तपाईको प्रतिक्रिया