२० बर्षसम्म बैंकमा लिन नआएको रकम बैकिङ्ग विकास कोषमा जम्मा गर्न निर्देशन

काठमाडौँ- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा २० बर्षसम्म लिन बुझ्न नआएका/ दावी नपरेको रकम  बैकिङ्ग विकास कोषमा जम्मा गर्न निर्देशन दिएको छ । बिहिबार सुचना जारी गर्दै नेपाल राष्ट्र बैंकको बैंकिङ्ग विकास कोषमा जम्मा गर्ने र सो रकम बैकिङ्ग विकासमा प्रयोग गरिने जनाएको छ ।

सुचनामा भनिएको छ, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को प्रक्रिया पुरा गरी यस बैंकको बैकिङ्ग विकास कोषमा जम्मा गरिएको निक्षेप रकम उपर निक्षेपकर्ता वा निक्षेपकर्ताको कानुनी हकवालाबाट सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी दावी पर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रमाणसहित राष्ट्र बैंकमा दाबी पेश गर्नुपर्नेछ । आवश्यक कागजातसहित दावी पर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई बिना व्याज रकम फिर्ता गरिने राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी सूचना हेर्नुहोस् ।

तपाईको प्रतिक्रिया