काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ हजार ५ सय ५३ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १० हजार ४९८ पीसीआर परिक्षणबाट २९ सय २२ र ४ हजार ५८३ एन्टीजेन विधिबाट ६३१ गरी कुल ३ हजार ५५३ जनामा संक्रमण पुष्टी भएको छ।
कोरोना संक्रमणका कारण थप १ जनाको मुत्यु भएको मन्त्रालयले जनाएको छ।
आज २ सय ७१ जना निको भएर घर फर्केका छन्।
२४ घण्टामा थप ३ लाख ५६ हजार ४ जनाले कोरोना भाईरस बिरुद्द खोप लगाएका मन्त्रालयले जनाएको छ।
नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ३४० रहेको छ।