काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक सवारी साधनहरुमा स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु नराख्न आदेश गरेको छ।
प्रशासनले कोरोना कोरोना संक्रमणलाई मध्ये नजर गर्दै मंगलबार राति १२ बजेदेखि सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने निर्णय गरेको हो।आदेशमा भनिएको छ, ‘ सार्वजनिक सवारी साधनहरुमा स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, सबै यात्रुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, सवारी साधनको ढोकामा सेनिटाइजरको व्यवस्था गर्नुपर्ने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउनुपर्ने तथा दैनिक रुपमा सवारी साधनलाई सेनिटाइजर गर्नुपर्ने छ ।’
साथै, यहि माघ ७ गते देखि सार्वजनिक निकायमा सेवा प्राप्त गर्न जाँदा तथा सार्वजनिक स्थालहरु जाँदा अनिवार्य खोप कार्ड देखाउने पर्ने आदेश गरेको छ ।
सार्वजनिक कार्यालय, सार्वजनिक स्थलहरु होटेल, सिनेमा हल, रंगशाला, हवाईयात्रा, रेष्टुरेन्ट, पार्क आदिमा प्रवेश गर्दा कोभिड-१९ बिरुद्ध खोप लगाएको कार्ड (मोबाइलमा फोटो भएपनि) साथमा राख्न र त्यस्ता निकायले कार्ड हेरेर मात्र प्रवेश दिने ब्यबस्था गर्न आदेश दिएको छ ।





