एकै दिन २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ हजार ४४४ जनामा  कोरोना संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १० हजार ६४८ पीसीआर परिक्षणबाट १ हजार ९१८ र ३ हजार ३८५ एन्टीजेन विधिबाट ४६३ गरी कुल २ हजार ४४४ जनामा संक्रमण पुष्टी भएको छ।

कोरोना संक्रमणका कारण थप १ जनाको मुत्यु भएको मन्त्रालयले जनाएको छ। यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६०७ पुगेको छ ।

आज ३ सय १३ जना निको भएर घर फर्केका छन्।

२४ घण्टामा थप १ लाख ८० हजार ४५७ जनाले कोरोना भाईरस बिरुद्द खोप लगाएका मन्त्रालयले जनाएको छ।

नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ रहेको छ।

तपाईको प्रतिक्रिया