ललितपुर- नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर, ललितपुरको १० औं बार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ।
साधारणसभा हस्पिटलका कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठको सभापतित्वमा ‘नेपालीको क्यान्सरको उपचार नेपालमा नै’ भन्ने मुल नाराका साथ पुलचोक स्थिति एक पार्टी प्यालेसमा सम्पन्न भएको हो।
साधारणसभामा बोल्दै अध्यक्ष श्रेष्ठले यस हस्पिटलमा नेपाली जनताको आर्थिक पहुँच भित्र रहने गरी विदेशमा उपल्ब्ध हुने अत्याधुनिक प्रविधीबाट गुणस्तरीय क्यान्सर सेवाहरुजस्तै: रेडियो थेरापी, किमोथेरापी, टार्गेटेदथेरापीर इमिनोथेरापी उपल्ब्ध गराउँदै आएको जानकारी दिए।
साथै, यस हस्पिटलबाट क्यान्सरको सम्पूर्ण चरणको उपचार सफलता पूर्वक हुने भएकाले उपचारको लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य भएको समेत बताए । त्यस्तै, अस्पताल संचालक समितिले स्वीकृत गरेको रणनीतिहरु अनुसार हस्पिटलको सेवाहरुमा थप विस्तार गरी अन्तराष्ट्रियस्तरको बनाउन गृहकार्य भईरहेको जनाए।
साधारण सभाले संचालक समितिको सदस्य महेश्वर श्रेष्ठ (सिन्या) ले प्रस्तुत गरेको आ.व . २०७७/०७८ को आर्थिक प्रतिवेदन पारित गरेको छ।
हस्पिटलको १० औं साधारणसभाबाट सर्वसाधारण शेयर धनीबाट ९ जना संचालक सदस्यहरु पुन:निर्वाचित भएका छन् । सभाको समापन गर्दै सभाका सदस्यहरुले अस्पतालका काम कारवाही पुर्ण रुपमा गर्ने विश्वास दिलाउंदै संस्थालाई अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे । साथै, सभामा उपस्थित सम्पूर्ण शेयरधनी महानुभावहरु तथा सरोकारवालहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।







