काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ हजार २७२ पीसीआर परिक्षणबाट ५७२ र ६ हजार ६९९ एन्टीजेन विधिबाट ३९६ गरी कुल ९६८ जनामा संक्रमण पुष्टी भएको छ।
आज २ सय ६२ जना निको भएर घर फर्केका छन्।
२४ घण्टामा थप २ लाख ६३ हजार ३७१ जनाले कोरोना भाईरस बिरुद्द खोप लगाएका मन्त्रालयले जनाएको छ।
नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ७४१ रहेको छ।





