विजय हुन नसकेपछि विधि सम्मत भएन भनेर रोईलो गर्नुको कुनै अर्थ छैन: विनोद चौधरी

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्यविनोद चौधरीले आफै सोही निर्वाचनमा उम्मेदवार हुने र विजय हुन नसकेपछि विधि सम्मत भएन भनेर रोईलो गर्नुको कुनै अर्थ नभएको बताएका छन् ।

आफु पार्टीको विधान र विधिवत रूपमा सम्पूर्ण प्रक्रिया पूरा गरेर पार्टीको १४ औँ महाधिवेशनमा निर्वाचित भएको बताएका छन् । महाधिवेशनका विधि सम्मत प्रक्रियाहरू मार्फत् नेतृत्व छनौटका लागि भएको निर्वाचनमा आफै सहभागी हुने र निर्वाचन हारेपछि विधि सम्मत थिएन भनेर प्रश्न उठाउनु अलोकतान्त्रिक र अराजनीतिक चरित्र भएको पनि उनले प्रतिक्रिया दिएका छन् ।

‘महाधिवेशनमा निर्वाचन समितिले उम्मेदवारी दर्ता पछि विधिवत रूपमा दावी विरोधको समय उपलब्ध गराएको थियो । यदि म अयोग्य थिएँ भन्ने कसैलाई लागेको थियो भने त्यो समयमा किन दावी विरोध गरिएन?’

नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा यस्तो व्यवहार अपेक्षित मानिदैंन ।’
नेपाली कांग्रेसको १४औँ महाधिवेशनको निर्वाचनमा चौधरी केन्द्रीय सदस्य (मधेशीतर्फ) दोस्रो धेरै मत २२०६ प्राप्त गरि विजय भएका थिए । सोही पदका लागि प्रतिस्पर्धामा रहेका सिरहाका सुभाषचन्द्र यादव पराजित भएका थिए ।

निर्वाचनमा पराजय भएको तीन सातापछि यादवले विधान माथि प्रश्न उठाएका छन् । यस्तो व्यवहारलाई नेपाली कांग्रेसका नेता र कार्यकर्ताहरूले समेत रूचाएका छैनन् ।
‘यसलाई मैले मेरो राजनीतिक सक्रियताबाट आत्तिएकाहरूको मनोदशाका रूमालिएका छुँ । मेरो सपना समृद्ध नेपाल निर्माण गर्ने हो । यस अभियानमा नेपाली कांग्रेसको नेतृत्वलाई हदैसम्मको साथ दिन म राजनीतिमाआएको हुँ ।

तपाईको प्रतिक्रिया