लक्षित समूहलाई दिने भनिएको कोभिड-१९ बिरुद्दको ‘बुस्टर’ डोज स्थगित

काठमाडौँ-  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लक्षित समूहलाई दिने भनिएको ‘बुस्टर’ डोज खोप कार्यक्रम स्थगित भएको छ ।

मन्त्रालयले मंगलबार जारी प्रेस बिज्ञप्तिमा ‘पौष १९ गते केही लक्षित बर्गका लागि कोभिड–१९ खोपको थप मात्रा दिने कार्यक्रम स्थगित गरिएको जानकारी दिएको छ।

‘सबै नागरिकलाई कोभिड–१९ विरुद्धको पूरा मात्रा खोप चाँडै उपलब्ध गराउन महत्वपूर्ण भएकाले राष्ट्रिय खोप अभियान द्रुत गतिमा सञ्चालन गर्न आवश्यक छ । त्यसैले थप प्राविधिक विषयहरु छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि यस विषयमा जानकारी गराउने व्यहोरा सबैमा हार्दिक अनुरोध छ ।’ बिज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया