ललितपुर– २७ औं सुदिप्त क्यान्सर सरभाइबर मिटमा क्यान्सर सरभाइबर सिद्धी चन्दको सम्झना गरिएको छ । एक महिना अघि कोरोनाका कारण दिवगत भएकी चन्द सुदिप्त क्यान्सर सरभाइबर मिटकी संस्थापक सदस्य हुन् ।
चन्दले लामो समयदेखि क्यान्सर बारेको जनचेता फैलाउदै आएकी थिइन् । सरभाइबर मिटमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले स्वर्गिय चन्दको योग्दान बारे चर्चा गर्नुभयो ।










