काठमाडौँ- बुधबार नेप्से ९२.१६ अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर बजार ३.८२ प्रतिशतले बढेर २५०७.७० विन्दुमा पुगेर बन्द भएको हो । सेन्सेटिभ इन्डेक्स १४.७४ अंकले बढेर ४७७.२६ विन्दुमा पुगेको छ।
आज ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १४३ रुपैयाँ बराबरको कारोबार भएको छ । सर्वाधिक रकमको शेयर कारोबार हिमालयन डिस्ट्रिलरी लिमिटेडको भएको छ । उक्त कम्पनीको रू ६८ करोड ३४ लाख माथिको शेयर कारोबार भएको छ ।
बजार बन्द हुने समयमा ४ कम्पनिको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ। अरुण भ्याली, बरुण र अमर तामाकोशीको ३ हाईड्रोपावर र १ शिवम सिमेन्टको शेयरमुल्यं १० प्रतिशतले बढेको हो।
आज सबै समुहका परिसूचक बढेका छन् ।





