काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर २ सय ९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ४७३ पीसीआर परिक्षणबाट २५२ र ४ हजार ६१६ एन्टीजेन विधिबाट ३८ गरी कुल २९० जनामा संक्रमण पुष्टी भएको छ। 
२४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ।
आज २ सय ३२ जना निको भएर घर फर्केका छन् ।
२४ घण्टामा थप २ लाख ४७ हजार ८१४ जनाले कोरोना भाईरस बिरुद्द खोप लगाएका मन्त्रालयले जनाएको छ।
नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार२४२ रहेको छ।





