एल. एल.बि. प्रथम वर्षको नियमित परीक्षाको आवेदन फारम खुल्ला

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ३ वर्षे स्नातक तह एल.एल.वि.प्रथम वर्षको नियमित परीक्षाको परीक्षा आवेदन फारम खुल्ला गरेको छ ।

कार्यालयले एल.एल.वि. प्रथम वर्षको नयाँ पाठ्यक्रम अनुसार नियमित परीक्षा दिने कानुन सङ्कायका परीक्षार्थीहरूले आ—आफ्नो क्याम्पस\कलेजमा मिति २०७८ साल  पौष २ गते देखि पौष मसान्त सम्ममा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र परीक्षा आवेदन फारम भरी बुझाउन जनाएको छ ।

त्रि.वि. बाट जारी सूचना हेर्नुहोस् ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७८ सालमा सञ्चालन हुने ३ वर्षे स्नातक तह एल.एल.वि.प्रथम वर्षको नयाँ पाठ्यक्रम अनुसार नियमित परीक्षा दिने कानुन सङ्कायका परीक्षार्थीहरूले आ—आफ्नो क्याम्पस÷कलेजमा मिति २०७८ साल  पौष २ गते देखि पौष मसान्त सम्ममा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र परीक्षा आवेदन फारम भरी बुझाउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
१) परीक्षा फारम सम्बन्धमाः
क) परीक्षा आवेदन फारम स्वयं विद्यार्थीले भरि सबै प्रक्रिया पु¥याई आफैंले सम्बन्धित क्याम्पस=कलेजमा बुझाउनुपर्नेछ । यसमा अन्यथा हुन गएमा त्रि.वि.प.नि.का. जवाफदेही हुने छैन । 
ख) विद्यार्थीहरुले त्रि.वि. रजिष्ट्रेशन नं. परीक्षा आवेदन फारममा अनिवार्यरुपमा उल्लेख गर्नुपर्नेछ ।
ग) परीक्षा आवेदन फारम भर्नको लागि हालसालै खिचेको (साधारण पोसाकमा) पासपोर्ट साइजको २ प्रति फोटो आवश्यक पर्नेछ । 
घ)  परीक्षा संचालन अवधि सम्म प्रवेशपत्र प्रतिलिपि लिनु परेमा परीक्षा आवेदन फारममा प्रयोग भए अनुसारको फोटो नै पेश गर्नुपर्नेछ
२) परीक्षा आवेदन फारम भर्ने म्याद र शुल्क सम्बन्धमा :
क) नियमित दस्तुर सकिएको मितिले २ (दुई) दिन भित्र त्रि.वि.प.नि.का.को नाममा अनिवार्यरुपमा निर्धारित शुल्क अनुसारको रकमकोे भौचर वनाउनु पर्नेछ । अन्यथा दोव्वर दस्तुर लाग्नेछ ।
ख) काठमाण्डौ उपत्यकाका क्याम्पसहरुले त्रि.वि.प.नि.काको नामको भौचर २ (दुई)  दिनभित्र परीक्षा आवेदन फारम सहित अनिवार्यरुपमा त्रि.वि.प.नि.का. बल्खुमा बुझाई सक्नुपर्नेछ । उपत्यका बाहिरका क्याम्पसहरुले उक्त भौचर चार दिनभित्र परीक्षा आवेदन फारम सहित क्षे.प.नि.का.को हकमा सम्बन्धित क्षे.प.नि.का. मा र प.नि.का क्षेत्रका उपत्यका बाहिरका क्याम्पसहरुले त्रि.वि.प.नि.का बल्खुमा बुझाई सक्नुपर्नेछ । 
ग) क्याम्पसहरुले दोब्बर दस्तुरको म्याद सकिएको भोलिपल्टनै परीक्षा शुल्कको बंैक भौचर बनाई उपत्यकाभित्रका क्याम्पसहरुले २ (दुई) दिन भित्र र उपत्यका बाहिरका क्याम्पसहरुले ४ (चार) दिनभित्र उक्त बैंक भौचर सहित अनिवार्यरुपमा सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा परीक्षा आवेदन फारम बुझाई सक्नुपर्नेछ । 
घ) परीक्षा फारमहरु बुझाउदा संम्वन्धित प.नि.का.मा बैंक भौचर सहित सर्वप्रथम लेखा शाखामा रुजु गरि फारम शाखामा बुझाउनु पर्नेछ । 
ङ) परीक्षा आवेदन फारम सम्वन्धित क्याम्पसमै नियमित शुल्कको अवधि भित्रै अनलाइन इन्टिÇ गर्नु पर्ने छ । यस विषयमा विस्तृत सूचना प.नि.का.को वेव साइटमा हेर्न सकिनेछ ।
 
३)  परीक्षा शुल्क
 
क्र. सं. शीर्षक शुल्क
क.  क्याम्पसका नियमित शुल्क   रू.४७०।–
ख.  परीक्षा आवेदन फारम शुल्क           रू. ६०।–
ग. परीक्षा केन्द्र शुल्क प्रति खण्ड                       रू. १००।–
घ. प्रयोगात्मक परीक्षा प्रति खण्ड एक विषयका लागि शुल्क                                   रू. १५०।–
प्रयोगात्मक परीक्षा दुई वा सो भन्दा बढी विषयका लागि                             रू. २७५।–
च. फिल्ड वर्क, टर्म पेपर र प्रोजेक्ट वर्क शुल्क               रू. २७५।–
 
४) परीक्षा शुल्क बुझाउने सम्बन्धमा 
क) काठमाण्डौ उपत्यका भित्रका क्याम्पसहरुले त्रि.वि.कीर्तिपुर÷बल्खु परिसर भित्र रहेको ग्लोबल बैंक लिमिटेडको       आम्दानी खाता नं. ०५०१०१००००५०० मा अथवा नेपाल बैंक लिमिटेड आम्दानी खाता नं. ०४५००१०००९९१०८०००००१ मा  रकम बुझाएको भौचर परीक्षा आवेदन फारम साथै अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।
ख) काठमाण्डौ उपत्यका बाहिरका क्याम्पसहरुले वल्खु स्थित नेपाल बैंक लिमिटेड अथवा ग्लोबल बैंक लि. वल्खु शाखाको खातामा रकम बुझाएको भौचर परीक्षा आवेदन फारम साथै अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।
ग)  क्षे.प.नि.का.विराटनगर क्षेत्रका क्याम्पस परीक्षार्थीहरुले परीक्षा सम्बन्धी सम्पूर्ण शुल्क त्रि.वि.क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगर च.हि.नं. १०४००१००९२२१२००००००१ नेपाल बैंक लिमिटेड, बजारअड्डा शाखा, विराटनगरमा रकम बुझाएको भौचर परीक्षा आवेदन फारम साथै अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।
घ) क्षे.प.नि.का.नेपालगञ्ज क्षेत्रका क्याम्पस परीक्षार्थीहरुले परीक्षा सम्बन्धी सम्पूर्ण शुल्क त्रि.वि.क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, नेपालगञ्ज को च.हि.नं. २१०१०१०००००७६ ग्लोबल आइ. एम. इ. बैंक लिमिटेड, त्रिभुवन चोक बाँकेमा रकम बुझाएको भौचर परीक्षा आवेदन फारम साथै अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।
ङ) क्षे.प.नि.का.पोखरा क्षेत्रका क्याम्पस परीक्षार्थीहरुले परीक्षा सम्वन्धी सम्पूर्ण शूल्क त्रि.वि. क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालय, पोखराकोे च.हि.नं. ०९१००१०११०१३४००००००१ नेपाल  बैक लिमिटेड बगर शाखा,पोखरामा रकम वुझाएको भौचर परीक्षा आवेदन फारम साथै अनिवार्य रुपमा वुझाउनु पर्ने छ ।
च) क्षे.प.नि.का.अत्तरियाको हकमा काठमाण्डौ त्रि.वि .प.नि.का.वल्खु परीसरमा रहेको ग्लोवल बैंक लिमिटेडको आम्दानी खाता नं. ०५०१०१००००५०० मा अथवा नेपाल बैड्ढ लिमिटेड आम्दानी खाता नं ०४५००१०००९९१०८०००००१ मा रकम बुझाएको भौचर परीक्षा आवेदन फारम साथै अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।
परीक्षा नियन्त्रक
बिस्तृत जानकारीका लागि: www.tuexam.edu.np

तपाईको प्रतिक्रिया