काठमाडौँ-सरकारले यही पुस ४ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
शुक्रबार गृह मन्त्रालयबाट जारी सूचनामा पुस ४ गते परेको उधौली पर्व, योमरी पुन्ही-ज्यापु दिवश (धान्यपूर्णिमा) पर्वको अवसरमा मन्त्रिपरिषद्को यही पुस १ गतेको निर्णयानुसार देशभरका सम्बन्धित समुदाय र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने जनाएको छ ।






