काँग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश बिजयी

काठमाडौँ- नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

दुई जना महामन्त्री पदका लागि गगन थापा , विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, प्रदिप पौडेल, मिनेन्द्र रिजाल र राजाराम कार्की गरी ६ जनाले उम्मेदवारी दिएका थिए ।

निर्वाचनमा खसेको जम्मा ४६८२ मत मध्ये थापाले मात्रै ३०२३ मत र विश्व प्रकाश शर्माले १९८४ मत प्राप्त गरेर बिजयी भएका छन् ।

त्यस्तै, अरु पराजित  उम्मेदवारहरू प्रकाश शरण महतले १५५६ र प्रदीप पौडेलले १३९३ ल्याएका छन् । रक्षामन्त्री समेत रहेका मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्की १०६ मत प्राप्त गरे।

 

 

तपाईको प्रतिक्रिया