काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको बताएका छन्।
बिहिबार प्रेस वक्तव्य जारी गर्दै ”आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पूँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु । ”
बुधबार एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘कुन सेयर कारोबारीले चन्दा दिएन होला, प्रचण्डले शेयर बजार दुई दिनमा धराशाही बनाए भनेका थिए ।





