काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ सय ४१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १० हजार ४१६ पीसीआर परिक्षणबाट ३१३ र २ हजार ८२० एन्टीजेन विधिबाट २८ गरी कुल ३४१ जनामा संक्रमण पुष्टी भएको छ।
गत २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ ।
आज ३७६ जना निको भएर घर फर्केका छन् ।
२४ घण्टामा थप १ लाख ८७ हजार ६६४ जनाले कोरोना भाईरस बिरुद्द खोप लगाएका मन्त्रालयले जनाएको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ८२४ रहेको छ।






