शेयर बजारमा गिरावट कायमै, साताको पहिलो दिन ८८.७३ अंकले घट्यो नेप्से

काठमाडौँ- साताको पहिलो कारोबारमा नेप्से परिसूचक ८८.७३ प्रतिशतले घटेको छ

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर बजार ३.६२ प्रतिशतले घटेर  २३६१.२७ विन्दुमा पुगेर बन्द भएको हो । सेन्सेटिभ इन्डेक्स पनि   १५.१७ अंकले घटेर ४५०.०६ विन्दुमा पुगेको छ ।

कारोबारको आधारमा युनिलिभर नेपाल लिमिटेड र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर मुल्य २ प्रतिशतले बढेको छ ।  सबै भन्दा धेरै गुमाउनेमा नयाँ सारथी लघुवित्त वित्तीय संस्था रहेको छ । जसको शेयर मुल्यमा १० प्रतिशतको गिरावट आएको छ ।

आज ३ अर्ब ३८ करोड २५ लाख ९ हजार ५२० रुपैयाँ बराबरको कारोबार भएको छ । सर्वाधिक रकमको शेयर कारोबार मन्जुश्री फाईनान्स लिमिटेडको भएको छ । उक्त कम्पनीको रू ३१ करोड २८ लाख माथिको शेयर कारोबार भएको छ ।

आज  सबै समुहको परिसूचक घटेका छन्। सवैभन्दा बढी ट्रेडिङ्ग समूहको परिसूचक ७.४५ प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया