थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टी, २ जनाको मृत्यु

काठमाडौँ- पछिल्लो २४ घण्टाको अवधिमा देशभर ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ९ हजार ३८६ पीसीआर परिक्षणबाट २७२ र २ हजार ४२४ एन्टीजेन विधिबाट ४३ गरी कुल ३१५ जनामा संक्रमण पुष्टी भएको छ।

गत २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।

आज ३०४ जना निको भएर घर फर्केका छन् ।

२४ घण्टामा थप १ लाख २७ हजार ७५३ जनाले कोरोना भाईरस बिरुद्द खोप लगाएका मन्त्रालयले जनाएको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३५२ रहेको छ ।

तपाईको प्रतिक्रिया