कक्षा १२ को रिजल्ट सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा!

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो ।

कोभिड- १९ का कारण स्थगित भएको परीक्षा  गत भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । कोभिड संक्रमणका कारण परीक्षा दिन नसकेका बिधार्थीहरुको भने गत बुधबार देखि परीक्षा भईरहेको छ ।

यसरी हेर्नुहोस् रिजल्ट

नेपाल टेलिकमको वेभसाइट http://neb.ntc.net.np मा गरेर सिम्बोल नं र जन्ममिति टाइप गरेर हेर्न सकिन्छ । साथै, NEB एक स्पेस छोडी सिम्बोल नम्बर राखेर १६०० मा एस.एम.एस गर्न सकिनेछ । १६०१ मा फोन गरेर प्राप्त निर्देशन अनुसार थाहा [पाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया