अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्नु: स्वास्थ्य मन्त्रालय

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ ।

मन्त्रालयले बुधबार प्रेस बिज्ञप्ति जारी गर्दै कोभिड-१९ को ओमिक्रोन भेरिएन्टको संक्रमणलाई मध्येनजर गर्दै विदेश भ्रमण नगर्न आग्रह गरेको छ ।

साथै, मन्त्रालयले हालसम्म नेपालमा ओमिक्रोन भेरिएन्टको फेला नपरेको पनि जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया