मौद्रिक नीतिको प्रभाव: ८० अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आ.व.को मौद्रिक नीतिको  पुँजी बजारमा नकारात्मक प्रभाव परेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसुचक ८०.२९ अंकले घटेको  छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर बजार २.९४ प्रतिशतले घटेर  २६५१.४९ विन्दुमा पुगेर बन्द भएको हो । सेन्सेटिभ इन्डेक्स पनि  १४.१९ अंकले घटेर ५०१.८६ विन्दुमा पुगेको छ ।

कारोबारको आधारमा आई. सी. एफ.सी फाईनान्स कम्पनी लिमिटेडको शेयर मुल्य ९.७८ प्रतिशतले बढेको छ । सबै भन्दा धेरै गुमाउनेमा हिमालयन पावर पार्टनर रहेको छ । जसको शेयर मुल्यमा ८.४९ प्रतिशतको गिरावट आएको छ ।

आज ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५४ रुपैयाँ बराबरको कारोबार भएको छ । सर्वाधिक रकमको शेयर कारोबार  महालक्ष्मी विकास बैंक लिमिटेडको भएको छ । उक्त कम्पनीको रू २९ करोड ८१ लाख माथिको शेयर कारोबार भएको छ ।

आज सबै समुहको परिसूचक घटेका छन्। सवैभन्दा बढी ट्रेडिङ्ग समूहको परिसूचक ५.३७ प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया